आँशु लुकाऊँ कसरी - ANSHU LUKAU KASARI - KARAN PARIYAR FT. SHANKER DHAKAL & SHREEYANKA THAPA
Dr. Eng. Shanker Dhakal Dr. Eng. Shanker Dhakal
627 subscribers
39,055 views
796

 Published On Premiered Sep 26, 2024

भूमिका/बिमोचन:

"दोधार" कविता संग्रह भित्रको एउटा सिर्जना "आँशु लुकाऊँ कसरी" गीतको रुपमा गायक करण परियार (Nepal Idol, Season 5, 2024) को स्वरमा रेकर्डिङ भएको छ। यसै बीच "कवि एसडी" र "कवि सिन्दुर" बीचको प्रगाढ प्रेम र बिछोड पछिका देखाउन सकिने नसकिने गतिविधि, रोदन र समग्र जिन्दगीका अवयवमा आधारित सांगीतिक कोसेली (Music Video) को छायांकन भै तयार भएको र दुवै कृति ("दोधार" र "आँशु लुकाऊँ कसरी") को बिमोचन २०८१ साल असोज ११ गते शुक्रबारका दिन इन्जिनियरिङ अध्ययन संस्थान (IOE), पुल्चोक क्याम्पसमा कवी तुलसी दिवसको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरी सम्पन्न गरियो ।

"दोधार" कविता संग्रह भित्रको सिर्जना "आँशु लुकाऊँ कसरी" गीतको रुपमा पूरा भिडियो कस्तो लाग्यो? हेरेर अवश्य कमेन्ट गर्नूहोला । दसौं हजार हजुरहरुको मिठो माया र प्रेरणा पाउने अपेक्षा साथ, यस च्यानललाई Subscribe गर्नू हुन पनि सादर अनुरोध छ ।

TEAM:
Vocal: Karan Pariyar - Nepal Idol, 2024
Lyrics and Concept: SD (Dr. Eng. Shanker Dhakal)
Music: Karna Sanjyal (Action Studio Nepal, Kathmandu)
Arrange: Keshab Badu
Video: Dev Raj Acharya
Edit: Himmat Singh Chaisir
Artists:
Dr. Eng. Shanker Dhakal/SD (Actor) - Civil & Structural Engineer
Shreeyanka Thapa/Sindoor (Actress) - Miss Teen Universe Nepal, 2021
Adhyatmik Dhakal (SD's son) - 3 Years Old
Karna Sanjyal (Music teacher)
Nirmala Dhakal (SD's mother)
Dev Raj Acharya (Chief guest)
Lucy (SD's dog)
Special Thanks:
Sweta Acharya, Bishnu Dhakal, Poonam Neupane, Gita Airi, Kushum Kshetri, Sweekar Dhakal and Mahesh Chhetri

LYRICS:

धेरै रुन मन छ माया, आँशु लुकाऊँ कसरी;
चिच्याउन मन छ माया, बोली फुकाऊँ कसरी । x 2

एकान्तमा रोऊँ न त, आँखा सुनिन्छ;
शाहस जुटाई भक्कानिदा, शासै रोकिन्छ । x 2
धेरै रुन मन छ माया, आँखा छोपौ कसरी;
चिच्याउन मन छ यहाँ, बोली रोकौं कसरी ।
लेख्न मन छ कथा धेरै, किताब लुकाऊँ कसरी;
सुनाउन मन छ कहानी, श्रोता खोजौं कसरी ।

अनायासै बर्बराउँदा, बौलाहा भन्लान् कि;
पोखौं पीडा मन पखाली, आफ्नै पर्लान् कि । x 2
भन्न मन छ कथा माया, आवाज लुकाऊँ कसरी;
बाढ्न मन छ पीडा मनको, श्रोता खोजौं कसरी ।
धेरै रुन मन छ माया, आँशु लुकाऊँ कसरी;
चिच्याउन मन छ माया, बोली फुकाऊँ कसरी ।

NEXT:
What after SD-Sindoor separation? Stay tuned!

show more

Share/Embed